रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का सांसद् रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरू ब्यानर सहित नारा लगाउदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितरबितर पारेको थियो ।

त्यसपछि पनि कार्यक्रम स्थल पुगेका सहकारी पीडितहरू कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरूमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।

साहारा सहकारी पीडित सङ्घर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे ।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्र बाट एक्कासि पीडितमाथि ढुङ्गा र बोतल प्रहार भएको दुवाडीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : ४४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको