रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा « Khabarhub

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का सांसद् रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरू ब्यानर सहित नारा लगाउदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितरबितर पारेको थियो ।

त्यसपछि पनि कार्यक्रम स्थल पुगेका सहकारी पीडितहरू कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरूमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।

साहारा सहकारी पीडित सङ्घर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे ।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्र बाट एक्कासि पीडितमाथि ढुङ्गा र बोतल प्रहार भएको दुवाडीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : ४४ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष