डोटीका किसान काउली खेतीतर्फ आकर्षित | Khabarhub Khabarhub

डोटीका किसान काउली खेतीतर्फ आकर्षित


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दिपायल – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् ।

अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

जिल्लाको के आईसिंह  गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै उनले गतवर्ष दुई लाख ५० हजार आम्दानी गरे ।

 यसवर्ष पनि बारीमा करिब रु चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताए । गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उनको भनाइ छ । 

‘घरखर्च चलाउन विदेश जानुपरेको छैन । काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ’, धामीले भने ।

के आई सिंह गाउँपालिका–४ का डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाएको काउली बेचन तयार भइसकेको छ । उनले गत वर्ष एक रोपनीमा लगाएको काउलाीबाट करिब रु एक लाख आम्दानी गरेको बताए। यसवर्ष पनि बारीमा लगभग रु  दुई लाख बराबारको काउली तयार भएको छ ।    

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले बताए । पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उनले बताए।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल  हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दै आएका बताउँछन्। गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उनले बताए । 

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताए।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : १६ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका