डोटीका किसान काउली खेतीतर्फ आकर्षित « Khabarhub

डोटीका किसान काउली खेतीतर्फ आकर्षित


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दिपायल – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् ।

अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

जिल्लाको के आईसिंह  गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै उनले गतवर्ष दुई लाख ५० हजार आम्दानी गरे ।

 यसवर्ष पनि बारीमा करिब रु चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताए । गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उनको भनाइ छ । 

‘घरखर्च चलाउन विदेश जानुपरेको छैन । काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ’, धामीले भने ।

के आई सिंह गाउँपालिका–४ का डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाएको काउली बेचन तयार भइसकेको छ । उनले गत वर्ष एक रोपनीमा लगाएको काउलाीबाट करिब रु एक लाख आम्दानी गरेको बताए। यसवर्ष पनि बारीमा लगभग रु  दुई लाख बराबारको काउली तयार भएको छ ।    

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले बताए । पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उनले बताए।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल  हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दै आएका बताउँछन्। गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उनले बताए । 

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताए।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : १६ बजे

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर