बाढीपहिरो प्रभावित जिल्ला/पालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू « Khabarhub

बाढीपहिरो प्रभावित जिल्ला/पालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जिल्ला–पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरि पठाउन आग्रह गरेका छन् ।

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए । उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यान आकृष्ट भएको बताए ।

मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धीत जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको र घाइतेहरूको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए । बाढीपहिरो प्रभावित पालिकाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकोले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रीत गरेको जानकारी दिए ।

सो क्रममा गृहमन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्धार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनशन बस्नुभएका तेह्रथुमका ४२ वर्षीय दीपक सिलवालसंग सहमति गर्दै जुस खुवाएर अनशन अन्त्य गराएका थिए ।

 गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ०८ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत