गम्बोरोले पाँच हजार बढी कुखुरा मरे « Khabarhub

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए ।

“यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि रु ३० लाख बढीको क्षति छ”, उनले भने ।

घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए । उनले भने,“पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब छ–सात सय बचेका छन्, ती पनि मरिरहेका छन् । यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ ।”

चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवारलाई निकै क्षति भएको छ । “चाडपर्व पनि नजिकिँदै छ । ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ तर एकैपटक यो बज्रपात आइलाग्यो । सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो । भैँसी, बाख्रालगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन । इन्सुरेन्स पनि गरेको छैन । अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन”, निरास हुँदै उनले भने ।

देउवाले केही समयअद्धि कुखुराको इन्सुरेन्स गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पु¥याएर आवश्यक कागजात पनि बुझाएको उनले बताए । पछि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने जानकारी गरेको उनको भनाइ छ ।

“जताबाट पनि किसान नै मारमा पर्ने गरेका छौँ । कोरोनाको समयमा पनि लाखौँको क्षति भयो । फेरि हाल खोर नै रित्तियो । अब त आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ”, देउवाले भने ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : १० बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली