अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने | Khabarhub Khabarhub

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको स्थगित २३औं राष्ट्रिय अधिवेशन मंसिर २३ र २४ गते हुने भएको छ ।

उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णाय भएको अध्यक्ष मण्डलले जानकारी दिएको छ ।

वीरबहादुर थापा अध्यक्ष रहेको ७ सदस्यीय अध्यक्षमण्डलले शनिवार विज्ञप्ती जारी गर्दै रोकिएको अधिवेशन मङ्सिरमा हुने बताएको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही १० गते उद्घाटन गरेको अधिवेशनमा उमेर हद लगाउने विषयमा विवाद भएपछि मतदानबाट समाधानको प्रयास गरिएको थियो ।

बन्द शत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढी पहिरोलाई कारण देखाउँदै अधिवेशन बन्द शत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।

शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताहरुबीच बन्द शत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : ३६ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको