अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने « Khabarhub

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको स्थगित २३औं राष्ट्रिय अधिवेशन मंसिर २३ र २४ गते हुने भएको छ ।

उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णाय भएको अध्यक्ष मण्डलले जानकारी दिएको छ ।

वीरबहादुर थापा अध्यक्ष रहेको ७ सदस्यीय अध्यक्षमण्डलले शनिवार विज्ञप्ती जारी गर्दै रोकिएको अधिवेशन मङ्सिरमा हुने बताएको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही १० गते उद्घाटन गरेको अधिवेशनमा उमेर हद लगाउने विषयमा विवाद भएपछि मतदानबाट समाधानको प्रयास गरिएको थियो ।

बन्द शत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढी पहिरोलाई कारण देखाउँदै अधिवेशन बन्द शत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।

शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताहरुबीच बन्द शत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : ३६ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको