एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि « Khabarhub

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा फिलिपिन्सले चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो । उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो ।

यसैगरी भारतलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स–२०२४ को महिलातर्फको उपाधि जितेको छ । भारतलाई ७–५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो

इन्डोनेसियालाई पराजित गर्दै गुआमले भने एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ । गुआमले इन्डोनेसियालाई २२–१९ ले पराजित गरेको हो । इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो ।

सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे । गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ३८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात