निर्वाचनको अन्तिम दिन पनि ट्रम्पको विवादास्पद अभिव्यक्ति « Khabarhub

निर्वाचनको अन्तिम दिन पनि ट्रम्पको विवादास्पद अभिव्यक्ति


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

पेनेसेल्भिनिया – अमेरिकी राष्ट्रपति पदको निर्वाचनको अन्तिम दिन दुवै उम्मेदवार डेमोक्र्याटकी कमला ह्यारिस तथा रिपब्लिकका डोनाल्ड ट्रम्प महत्त्वपूर्ण स्विङ राज्यमा केन्द्रित रहे। दुवैको चासो १९ इलेक्ट्रोल मत रहेको पेनेसेल्भिनियामा छ।

पेनेसेल्भिनियामा अघिल्लो निर्वाचनमा जो बाइडेनले रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पलाई ८० हजार मतले पछि पारेका थिए। सोही समयमा उनले ब्लु वाल नाम दिएका थिए। सो निर्वाचनमा उनले विन्सकन्सिन र मिचिगनमा पनि सफलता पाएका थिए। सन् २०१६ मा भने यी तीन वटै राज्यमा ट्रम्पले सफलता पाएका थिए।

ह्यारिसले पेनेसेल्भिनियामा पाँच कार्यक्रम सकेकी छिन्। सोमबार उनको अन्तिम कार्यक्रम फिलाडेल्फियामा भएको हो। ट्रम्पले भने नर्थ क्यारोलिना र पेनसेल्भिनियामा भएको कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै मिचिगनमा पद यात्राको आयोजना गरे।

अन्तिम दिन पनि ट्रम्पले पेनेसेल्भिनियामा विवादास्पद विषय उठाए। उनले लैङ्गिक विषय उठाउँदै ओलम्पिकको महिला स्पर्धामा सहभागी दुई पुरुष मुक्केबाजको उदाहरण दिँदै ‘ ह्यारिस’ले रिङमा माइक टाइसनसँग मुककेवाजीमा भिडे हुने आशयको अभिव्यक्ति दिए। उनको आशय महिलाहरू कमजोर हुन्छन् भन्ने कुरामा केन्द्रित थियो।

डोनाल्ड ट्रम्पकै निर्वाचन अभियानको अन्तिम दिन थप एक विवाद पनि देखिएको छ। सामाजिक सञ्जालमा सक्रिय एक जनाले हाइटीका आप्रवासीका बारे गलत अफवाह फैलाउनका लागि उनलाई क्रिकेलिनले सय अमेरिकी डलर दिएको स्वीकार गरेका छन्। उनको ट्विटर एकाउन्टमा विगतदेखि नै अति दक्षिणपन्थी विषय समावेश गरिएका हुन्थे। ती विषयले निर्वाचनमा ट्रम्पलाई मतदान प्रेरित गर्ने खालका हुन्थे।

ट्विटरमा ती हाइटीका आप्रवासीले कमला ह्यारिसलाई दुई पटक मतदान गर्न इच्छा जाहेर गरेको कुरा उल्लेख गर्दै विवाद बढाएको थियो। रुसी प्रोपागान्डिस्ट साइमन बोइकोभले उनलाई १०० अमेरिकी डलर दिएका हुन्।

यसैबीच एक डेमोक्र्याट सिनेटरले अन्तिम दिन ह्यारिसको पक्षमा सबै वातावरण सही भइरहेको बताएकी छिन्। उनले अन्तिम दिन धेरै ब्याटल ग्राउन्डमा प्रजातन्त्रको जगेर्नाका लागि ह्यारिसको पक्षमा सही वातावरण बन्दै गएको तथा उत्साहित बनाएको बताएकी छिन्। सिनेटर एमी क्लोबाउचरले अमेरिकाको गरिमा बढाउन ह्यारिसको जित आवश्यक रहेको ठहर अन्तिम दिन धेरैले गरेको दाबी गरेकी छिन्।

यो पनि पढ्नुहोस्

ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ? यसो भन्छन् अमेरिकी मतदाता

अमेरिकी निर्वाचन : पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि

राष्ट्रपति भए अपराध नियन्त्रण गर्ने ह्यारिसको प्रतिबद्धता

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ८ : १८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी