अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने « Khabarhub

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरिएको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ ।

ताइवानलाई अमेरिकाले बिक्री गर्न लागेको हतियारमा उन्नत हवाई प्रतिरक्षा क्षेप्यास्त्र समेत रहेको छ । ती क्षेप्यास्त्र युक्रेनमा जारी युद्धमा समेत परीक्षण भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो समय चीनले ताइवानमाथि सैन्य दबाब बढाइरहेका बेला अमेरिकाले हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरेको हो ।

पेन्टागनको रक्षा सुरक्षा सहकार्य निकायका अनुसार ती हतियारमध्ये १ अर्ब १६ करोड डलरको हवाई प्रतिरक्षा क्षेप्यास्त्र र ८२ करोड ८० लाख डलर बराबरको रडार प्रणाली रहेको छ ।

ताइवानले अमेरिकी कदमको स्वागत गर्दै ती हतियारबाट चिनियाँ सैन्य गतिविधिको प्रतिकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । पछिल्लो समय ताइवानले आफ्नो प्रतिरक्षाका लागि सैन्य क्षेत्रमा आधुनिकीकरण गर्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले ताइवानलाई मुख्यभूमिमा एकीकरण गर्नका लागि आवश्यक परे बल प्रयोग गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ०३ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा