अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने « Khabarhub

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरिएको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ ।

ताइवानलाई अमेरिकाले बिक्री गर्न लागेको हतियारमा उन्नत हवाई प्रतिरक्षा क्षेप्यास्त्र समेत रहेको छ । ती क्षेप्यास्त्र युक्रेनमा जारी युद्धमा समेत परीक्षण भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो समय चीनले ताइवानमाथि सैन्य दबाब बढाइरहेका बेला अमेरिकाले हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरेको हो ।

पेन्टागनको रक्षा सुरक्षा सहकार्य निकायका अनुसार ती हतियारमध्ये १ अर्ब १६ करोड डलरको हवाई प्रतिरक्षा क्षेप्यास्त्र र ८२ करोड ८० लाख डलर बराबरको रडार प्रणाली रहेको छ ।

ताइवानले अमेरिकी कदमको स्वागत गर्दै ती हतियारबाट चिनियाँ सैन्य गतिविधिको प्रतिकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । पछिल्लो समय ताइवानले आफ्नो प्रतिरक्षाका लागि सैन्य क्षेत्रमा आधुनिकीकरण गर्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले ताइवानलाई मुख्यभूमिमा एकीकरण गर्नका लागि आवश्यक परे बल प्रयोग गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ०३ बजे

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह