बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि विपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भट्टलाई चिकित्सकले सोमबार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन् ।

दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ५२ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर