कति लम्बिएला रविको हिरासत बसाइ ? प्रहरीले माग्यो थप २५ दिन « Khabarhub

कति लम्बिएला रविको हिरासत बसाइ ? प्रहरीले माग्यो थप २५ दिन


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

रविसँगै उनका व्यावसायिक साझेदार तथा गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशीलाई पनि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताएअनुसार अहिले यी दुवैजनालाई हिरासतमा राख्न म्याद थप्ने नथप्ने विषयमा बहस सकिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको छ । जसमा तिहार बिदाको ५ दिन काट्दा अदालतले दिएमा रविले अझै २० दिन अर्थात् मंसिर १० गतेसम्म हिरासतमा बस्नुपर्ने हुन्छ। अदालतले यसबारे आदेश दिइसकेको छैन।

रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने

अदालतमा बहस सकिएकाले केहीबेरमा अदालतले थप कति दिनको म्याद दिने आदेश जारी गर्नेछ ।

पूर्वडीआईजीसमेत रहेका जोशी असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् । उता कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरिएको थियो । कात्तिक १५ मा म्याद सकिए पनि तिहार बिदाका कारण त्यसबीचको ५ दिनमा अदालत लगिएको थिएन ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा हिरासतमा रहेका लामिछाने र जोशीसँगै पक्राउ परेका अन्य लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट तीन करोड रुपैयाँ जम्मा भएको खुलेको छ । उता तनहुँका खनाल भने गितेन्द्रबाबु राई (जीबी) समूहद्वारा सञ्चालित नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन्।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  २ : १९ बजे

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको