डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम « Khabarhub

डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं डेंगु सङ्क्रमणको प्रकोप बढ्दै जाँदा गण्डकीका ६ जिल्ला उच्च जोखिममा परेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र १३ हजार ८९८ जना सङ्क्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्लामा कास्की रहेको छ । प्रदेशमा ७ हजार १६१ सङ्क्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ सङ्क्रमित भएका भएका छन् ।

 यस्तै देशभर डेंगुबाट १२ जनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा पनि सङ्क्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ सङ्क्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ सङ्क्रमित पुष्टि भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  २ : ४४ बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।