स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आबद्ध भएका छन् ।

आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कात्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आबद्ध भएको बताए ।

उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बिमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बिमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।

बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे।

सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बिमा बोर्डको वेबसाइटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बिमा बोर्डको नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको सुरुवात गरेको उनले बताए ।

बसौलाले स्वास्थ्य बिमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बिमा कोष बनाई, सोको सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भइरहेको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए ।

उनले सीमित जनशक्तिका बाबजुद आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारबाहीहरू सन्तोषजनक रहेको बताए । बसौलाले स्वास्थ्य बिमाको स्थायी संगठन संरचना स्वीकृत गरी आफ्नै कार्य विवरण अनुसारको कर्मचारीबाट सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : ४८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी