स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आबद्ध भएका छन् ।

आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कात्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आबद्ध भएको बताए ।

उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बिमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बिमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।

बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे।

सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बिमा बोर्डको वेबसाइटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बिमा बोर्डको नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको सुरुवात गरेको उनले बताए ।

बसौलाले स्वास्थ्य बिमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बिमा कोष बनाई, सोको सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भइरहेको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए ।

उनले सीमित जनशक्तिका बाबजुद आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारबाहीहरू सन्तोषजनक रहेको बताए । बसौलाले स्वास्थ्य बिमाको स्थायी संगठन संरचना स्वीकृत गरी आफ्नै कार्य विवरण अनुसारको कर्मचारीबाट सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : ४८ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय