छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू) « Khabarhub

छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू)


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खासगरि तराईबासी हिन्दूहरू निष्ठापूर्वक धुमधामसँग मनाउने छठ पर्वको तयारी काठमाडौंमा पनि गरिएको छ।

पवित्र पर्व छठ पूजाको तयारीका क्रममा काठमाडौंका तलाउ, नदी किनार र पोखरीको सजावट अन्तिम चरणमा पुगेको छ ।

कडा धार्मिक नियम, आस्था र विश्वाससाथ चार दिनसम्म मनाइने छठ पर्व मंगलबार सुरु भइसकेको छ ।

हिन्दू धार्मिक मान्यताका आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैतमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने सूर्य उपाशनाको यो चाडलाई तराई र मिथिलाञ्चल क्षेत्रमा महापर्व भनिन्छ ।

बसाइँसराईका कारण छठलाई काठमाडौं उपत्यकामा पनि विशेष रुपमा मान्न थालिएको छ । काठमाडौंमा पाशुपत क्षेत्रको गौरीघाट, कमल पोखरी र कुपण्डोलस्थित बागमती किनारालाई धमाधम सजाइएको छ ।

राजधानीको कमलपोखरीलाई पनि बेहुलीझैँ सिंगारिएको छ। कमलपोखरीमा झिलिमिली बत्ती राखेर सजाइएकाले आकर्षक देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ४२ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन