सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ « Khabarhub

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरूबाट रु २९ लाख सात हजार दुई सय ५४ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जुवाताससम्बन्धी कसुरमा पक्राउ परेकामाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ ।

पक्राउ पर्नेमा कैलालीबाट सबैभन्दा बढी एक सय ८४ र कञ्चनपुरबाट एक सय ५९ जुवाडे रहेका छन् । यसैगरी डोटीमा १२, डडेलधुरामा २८, अछाममा नौ र बझाङमा पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रदेशका सबै नौ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न थप चार हजार सुरक्षाकर्मीसमेत गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । सामान्य अवस्थामा नागरिकको सुरक्षाका लागि प्रदेशमा सात हजार पाँच सय प्रहरी खटिने गरेका छन् ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ठाउँठाउँमा पिकेट टोली, मोबाइल टोली, स्ट्राइकिङ, पैदल गस्ती र सादा पोशाकका प्रहरी परिचालन गरिएका थिए ।

सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विष्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाइएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : १७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको