बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २० गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चौथी तिथि। अन्तर्राष्ट्रिय स्वयमसेवक दिवस । विश्व माटो दिवस ।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ५ : ३० बजे

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार

‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ?

काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ