फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित | Khabarhub Khabarhub

फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

फान्स – प्रधानमन्त्री माइकल बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्समा सरकार विघटन भएको छ।

राष्ट्रपति एमानुएल म्याक्रोनले उनलाई नियुक्त गरेको तीन महिनापछि बुधबारको संसदले उनलाई विश्वासको मत दिन अस्वीकार गरेको हो।

मतदान बिना नै बजेट पास गर्न खोजिएपछि विपक्षी दलहरूले उनको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

सन् १९६२ पछि अविश्वास प्रस्ताव मार्फत संसद् विघटन भएको यो नै पहिलो पटक हो। पछिल्लो राजनीतिक घटना क्रमले फ्रान्समा राजनीतिक अस्थिरता निम्तिएको छ। फ्रान्सको संसदमा कसैको पनि बहुमत छैन।

अविश्वास प्रस्ताव पारित हुनका लागि २८८ मत आवश्यक थियो। ३३१ जना प्रस्तावको पक्षमा थिए। म्याक्रोनले अर्को प्रधानमन्त्री नियुक्त नगरेसम्म उनी कामचलाउ प्रधानमन्त्री हुनेछन्।

आर्थिक सुधा भन्दै बार्नियरले सो बजेट ल्याए पनि वामपन्थी र उग्र दक्षिण पन्थी दुवैको पहलमा सो अविश्वास प्रस्ताव ल्याइएको थियो। फ्रान्समा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट (एनपिएफ)ले सबै भन्दा धेरै सिट जिते पनि म्याक्रोनले मध्यमार्गी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

६० अर्ब अमेरिकी डलरको घाटा बजेट ल्याइएको भन्दै दक्षिण पन्थी नेसनल रेलीले त्यसलाई अस्वीकार गरेको थियो। आररेनका नेता मार्टिन ले पेनले सो बजेट फ्रान्सका लागि अभिसाप भएको बताएकी छिन् । मतदानको समयमा बार्नियुरले उनी पदमुक्त हुनु नै सबै समस्याको समाधान नभएको बताए। अहिले फ्रान्स ऋणको समस्यामा रहेको यथार्थलाई बुझ्न आवश्यक रहेको कुरालाई उनले जोड दिए।

लेन पेनले एक अन्तरवार्तामा बार्नियरको पदमुक्ति बाहेक अन्य केही समाधानको बाटो नै नभएको बताउँदै आएकी थिइन्।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : ०८ बजे

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा