एक करोड बढीको लगानीमा बाख्रापालन « Khabarhub

एक करोड बढीको लगानीमा बाख्रापालन


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बागलुङ- केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् । बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।

काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर ३५० बाख्रा पालन गरेका छन् । उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन् ।

फार्ममा एक करोड ३५ लाख रुपैयाँ लगानी गरेका उनले  त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : ४१ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४