लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन « Khabarhub

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संयुक्त संघर्ष समिति, तामाङ नागरिक समाज , गुम्बा विहार संरक्षण संघ र राष्ट्रिय जेन-जी नागरिक अभियानले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले लुम्बिनी क्षेत्रका समुदाय र समुदायगत नेतृत्व अवसर पाएका नेपालका तामाङ समुदायबाट उपाध्यक्ष चयन हुनुपर्ने माग राखेका छन् ।

साथै उनीहरूले उपाध्यक्षमा नियुक्त भएका आनी छोइङ डोल्माको विषयमा विवाद रहेको, उनको नियुक्तिले तामाङ समुदायको भावनामा ठेस पुगेको र उनको नागरिकताबारे छानबिन हुनुपर्ने जनाएका छन् ।

प्रदर्शनकारीहरूले लुम्बिनीको जिम्मेवारीमा पारदर्शिता कायम गर, पैसा र पावरको भरमा बुद्धभूमि शरणार्थीसंग सम्झौता नगरियोस्, बुद्धभूमिको गरिमा कायम गर लगायत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  २ : ०८ बजे

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः