बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न | Khabarhub Khabarhub

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट– एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।

विसं २०७९ साउन  ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रेको चरणमा पुगेको हो ।

समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रका लागि ग्राभेल गरिएको छ । भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो तीन महिनायता उक्त सडकको बागलुङ नगरपालिका–८ वडा कार्यालयसम्म कालोपत्रेको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

सम्झौता अघि काम सक्नेगरि निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रेको काम गर्ने तयारीका लागि छ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए। उनले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गरे।

प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किमीमध्ये छ किमी कालोपत्रका लागि तयारी भएको र अन्य चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो’, उनले भने, ‘अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबवेस र ग्राभेल बिछ्याएर कालोपत्रे गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्रे सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।’

चैतसम्म छ किमी सकड कालोपत्रे सक्ने तयारीका साथ निर्माणले अन्तिम रूप लिएको निर्माण व्यवसायी कर्ण विल्र्डस प्रमुख नवीन गुरुङले बताए। उनले सम्झौता अनुसार निर्धारित समयभित्र काम सक्नेगरि काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गरे।

सम्झौता अवधिभित्र छ किमी सडक कालोपत्रे गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए।

सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताए। दश किमी कालोपत्रे गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो ।

सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण, सबवेस तथा छ किमी सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : १९ बजे

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

अर्घाखाँची – अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई

चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

ग्वाङझाउ – चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको

वन कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ लाखको स्रोत भेटिएन

काठमाडौँ- डिभिजन वन कार्यालय, इलामका डिभिजनल वन अधिकृत (अधिकृत दशौँ

अदालतमा जागिर लगाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौँ- जिल्ला अदालतमा जागिर लगाइदिने भन्दै सर्वसाधारणबाट रकम उठाउने समूहका