मन्त्री यादवको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू « Khabarhub

मन्त्री यादवको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उनले उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरीक्षणका लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ ।’

देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिइन्। खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फछ्र्यौटका लागि सङ्घीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताइन्।

उनले भने, ‘हामीले सकेसम्म बेरुजु नहुने गरी काम गर्नुपर्छ । भएका बेरुजु फरफारक गरी दिगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरूपको खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्नु प्रमुख कर्तव्य हो ।’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : २६ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान

झापा– वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो

ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन

यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’

पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत

एजेन्सी– इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री