उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता | Khabarhub Khabarhub

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइ, भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारीलगायतसित भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

चौथाइसँगको भेटका क्रममा उनले दुई देशबीचको सौहार्द सम्बन्धका विषयमा कुराकानी गरेको जनाइएको छ । भारतीय विदेशमन्त्रीसँगको भेटमा उनले बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका सम्बन्धमा तथा सीमामा नेपालीले झेल्नुपरेका समस्या समाधानमा सहजीकरणका विषयमा कुराकानी भएको मन्त्री भण्डारीको सचिवालयका सदस्य रमेश भट्टले जानकारी दिए।

यस्तै मन्त्री भण्डारीले समकक्षीसँगको भेटवार्तामा अत्यावश्यक दैनिक उपभोग्य वस्तु आयातमा सहजता, नेपालबाट निर्यात हुने वस्तुमा लगाइएको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस)मा सहजीकरण, सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइप लाइन निर्माण, सर्लाहीमा एलपी ग्यासको पाइप लाइन निर्माण, नेपाली वस्तुको भारतमा निर्यात बढाउने, भारतीय लगानी नेपालमा बढाउनेलगायत विषयमा छलफल तथा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : ५१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास