चलेनन् काठमाडौंका ओपनर, बनाउन सकेनन् दोहोरो रन « Khabarhub

चलेनन् काठमाडौंका ओपनर, बनाउन सकेनन् दोहोरो रन


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्ध जवाफी ब्याटिङमा रहेको काठमाडौं गुर्खाजले दुवै ओपनरलाई गुमाएको छ ।

४ दशमलव २ ओभरमा २७ रनको अवस्थाका काठमाडौंले २ विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा ओपनर शंकर राना आउट भए । ७ बल खर्चेर ३ रन बनाएको अवस्थामा उनी सुदूरपश्चिका सैफ जाइबको बलमा बोल्ड भएका हुन् ।

यसअघि अर्का ओपनर माइकल लेभिट पनि सात बल खेलेर आउट भएका थिए । दोस्रो ओभरको पहिलो बलमा माइकल लेभिट ५ रनको अवस्थामा बाहिरिएका थिए ।

पछिल्लो पटक काठमाडौंले भीम सार्कीलाई पनि गुमाएको छ । भीम ८ बलमा १० रन बनाएको अवस्थामा रनआउट हुन पुगेका हुन् ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफि ब्याटिङका उत्रिएको काठमाडौंले १६८ रनको लक्ष्य पाएको छ । ताजा अवस्थामा काठमाडौंले सातौँ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४३ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ३ : २४ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै