साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) १५.९३ अंकले घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता कारोबार हुँदा नेप्से दोहोरो अंकले घटेको हो ।

बिहीबार भएको कारोबारबाट नेप्सेको पुँजीकरणमा ०.५७ अंकले गिरावट आएको छ । आजको कारोबारमा जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहका सुचकांक नकारात्मक देखिए ।

दुई बाहेक समूहको सूचक नकारात्मक देखिँदा पनि ४० वटा कम्पनीको शेयर मूल्य आज बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । त्यस्तैको आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनीका शेयर ट्रेडरले सबैभन्दा धेरै आम्दानी गर्न सफल भएका छन् भने सपोर्ट माइक्रो फाइनान्स लघुवित्तका ट्रेडरले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ४ : ११ बजे

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७