विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न « Khabarhub

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन आज (बिहीबार) मटकोर विधि सम्पन्न भएको छ । आज जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो ।

आज जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता(राम विवाहका लागि वेदी तयार गर्ने चलन छ ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ ।

महोत्सवको छैटौँ दिन भोलि (शुक्रवार) स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन शनिवार राम कलेवा विधिसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ५६ बजे

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना

चुनावी रन्कोबीच महोत्तरीमा पानीको संकट

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै

इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

सिमकोट– गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको