विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न « Khabarhub

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन आज (बिहीबार) मटकोर विधि सम्पन्न भएको छ । आज जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो ।

आज जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता(राम विवाहका लागि वेदी तयार गर्ने चलन छ ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ ।

महोत्सवको छैटौँ दिन भोलि (शुक्रवार) स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन शनिवार राम कलेवा विधिसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ५६ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा