सरकारी गाडीमै गाँजा तस्करी, प्रहरीले घम्साघम्सी गरेर समात्यो | Khabarhub Khabarhub

सरकारी गाडीमै गाँजा तस्करी, प्रहरीले घम्साघम्सी गरेर समात्यो


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धनकुटाबाट धरानतिर आइरहेका एउटा बा १ झ ५१२७ टाटा कम्पनीको गाडी र अर्को बा १ झ ४६०५ स्कार्पियो गाडी । दुवै गाडीको नम्बर प्लेट सरकारी । सरकारी गाडीमा गाँजाको तस्करी । त्यो पनि थोरै होइन । ६ सय ९७ किलो तयारी गाँजाको पोका ।

यसअघि सार्वजनिक सवारी साधन, रातो प्लेटको निजी सवारी साधन र बिरामी बोक्ने एम्बुलेन्समा धनकुटादेखि धरान र धरानदेखि विराटनगर उदै सिमापार गाँजाको तस्करी हुने गरेको अनेक घट्ना सार्वजनिक हुँदै आएका थिए । तर, गत मंगलबार बेलुका सात बजे धरान–१३ अमरहाटको त्रिवेणी चोकमा सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरेर गाँजा तस्कर गर्ने र प्रहरीबीच घम्साघम्सी नै भयो ।

गाँजा बोकेको दुइटा गाडी रोक्न प्रहरीलाई इन्सास राइफलबाट चार राउण्ड गोली नै चलाउनु पर्‍यो । गाँजा तस्कर गर्न सरकारी गाडी नै प्रयोगमा आउन थालेपछि प्रहरीका उच्च अधिकारीहरू समेत आश्चर्यचकित बनेका छन् । प्रहरीले यो घट्नामा प्रयोग भएको गाडी र सरकारी नम्बर प्लेट कुन मन्त्रालय मातहतको हो भन्न सकिरहेको छैन ।

प्रहरीले हालसम्ममा यति मात्र भनेको छ, ‘सरकारी नम्बर प्लेट भएको एउटा टाटा कम्पनीको र अर्को स्कार्पियोमा गाँजा ओसार पसार भइरहेको जानकारी पाएकाले अमरहाटमा रोकेर बरामद गरेका हौँ । मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रयोग गरेको गाडीको नम्बर प्लेटसँग मिल्ने देखिएकाले अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले सरकारी नम्बर प्लेटको दुरुपयोग भएको दाबी गरेको छ । गाँजा तस्करले सरकारी नम्बर प्लेट र गाडी दुरुपयोग गरेको हो कि गाँजा तस्करी गर्न प्रयोग गरेको हो त्यो भने खुल्न बाँकी नै छ ।

 प्रहरीले उक्त नम्बर प्लेट ‘फेक’ भएको पनि हुनसक्ने दाबी गरेको छ । तर फेक नभएको खण्डमा गाँजा तस्कर गर्न सरकार नै लागिपरेको भन्नुपर्ने अवस्था उत्पन्न भएको छ । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी)प्रकाश जवेगुकाअनुसार भारि मात्रामा गाँजा लोड भएको दुइटा गाडी नियन्त्रण गर्न प्रहरीले घेरा हालेको थियो ।

यसबीचमा टाटा गाडी भने सय मिटर परसम्म भाग्ने असफल प्रयास गरेको थियो । डिएसपी जवेगुलाईलाई नै ठक्कर दिएर भाग्ने प्रयास गरेको त्यस गाडीलाई लक्षित गरेर त्यसै बेला प्रहरीले इन्सास राइफलबाट चार राउण्ड गोली फायर गरेपछि रोकियो । चार राउण्ड गोली प्रहार गर्दा एक राउण्ड गोली गाडीको पछाडि रहेको सिसा भन्दा माथिल्लो भागमा लागेको थियो । टाटा गाडीका चालक गाडी रोकेर फरार भएका छन् । हालसम्म पक्राउ परेका छैनन् ।

 बा १ झ ५१२७ नम्बरको स्कार्पियोका गाडीका चालक मोरङको सुन्दर हरैचा नगरपालिका–११ बस्ने ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी जवेगुले बताए । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार टाटा गाडीबाट ३६० किलो र स्कार्पियोबाट ३३० केजी गाँजा बरामद गरिएको थियो । यो परिमाण हालसम्मकै सबैभन्दा धेरै हो ।

नेपालबाट गाँजा, भारतबाट ट्याब्लेट

जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षमा ६ हजार १९७ किलो गाँजा बरामद गरेको जनाएको छ । एसपी तिम्सिनाकारअनुसार अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा कुल ५ हजार ५१ केजी २५० ग्राम गाँजा वरामद भएको थियो भने आर्थिक वर्ष २०७९-८० मा २ हजार ४९ केजी ८०८ ग्राम गाँजा बरामद भएको थियो ।

धनकुटाको दक्षिणी भेगका पालिकाहरूमा गाँजाको खेती फस्टाएको छ । धनकुटामा प्रहरीले गाँजा खेती नष्ट गरेको समाचार आइरहेका छन् । तर पूर्णरुपमा नष्ट नगर्दा हजारौँ रोपनीमा स्थानीय बासिन्दाले गाँजा खेती गर्दै आएका छन् । धनकुटामा उत्पादन गरिएको गाँजा नेपालमा भन्दा भारतीय बजारमा खपत हुने गरेको छ ।

एम्बुलेन्स वा कुनै पनि सवारी साधनले एक किलो गाँजा बोकिदिएबापत एक हजार रुपैयाँ भाडा लिने गरेका छन् । पछिल्लो समयमा प्राय गाँजाको तस्करी क्विन्टलको परिमाणमा हुँदै आएको छ । यसको अर्थ सय केजी गाँजा बोकेबापत एकलाख रुपैया भाडा असुल्ने गरेका छन् भन्ने बुझ्नु पर्ने हुन्छ । धनकुटाको छिन्ताङ र आहाले क्षेत्रमा सबैभन्दा बढी गाँजा उत्पादन हुने गरेको छ । कतिपयले कोशीको जलमार्ग भएर बाँससँगै गाँजा तस्करी गर्ने गरेका छन् ।

लागूपदार्थको कारोबारको टे«ण्ड विश्लेषण गर्दा के देखिन्छ भने नेपालबाट भारतीय बजारमा गाँजाको तस्कर हुने गरेको छ । भारतीय बजारबाट नेपालमा प्रतिबन्धित लागु औषध ट्याब्लेट तस्कर हुने गरेको छ । भारतीय सीमावर्ती बजारबाट नेपाल तिर ब्राउन सुगर, नाइट्रोजन, स्पाज्मो प्रोक्सिभन जस्ता ट्याब्लेट तस्करी हुने गरेका छन् । सुनसरी प्रहरीले हालसम्ममा करिब ४ करोड २५ लाख रुपैयाँको लागु औषध बरामद गरेको जनाएको छ ।

एसपी तिम्सिनाकारअनुसार चालु आर्थिक वर्षमा सुनसरीमा १७८ लागु औषध मुद्दा दर्ता भएका छन् । ती मध्ये २६२ जना पक्राउ परेका छन् । प्रतिबन्धित गाँजा र लागु औषध ओसारपसारमा प्रयोग भएका ४६ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : ०१ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार