‘ह्रस्व दीर्घ’को ग्रस कलेक्स साढे १० करोड नाघ्यो, हलबाट पनि उत्रियो | Khabarhub Khabarhub

‘ह्रस्व दीर्घ’को ग्रस कलेक्स साढे १० करोड नाघ्यो, हलबाट पनि उत्रियो


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले बिहीबारबाट हलबाट उत्रिएको छ । प्रदर्शनको १९ दिनमा पूरा भएपछि यो फिल्म हलबाट उत्रिएको हो ।

कात्तिक ३० बाट प्रदर्शनमा आएको यस फिल्मले उक्त अविधिमा १० करोड ६० लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

तेस्रो साता पूरा भएपछि निर्माण पक्षले बिहीबार ग्रस कलेक्सन सार्वजनिक गरेको हो ।

फिल्मकी मुख्य नायिकासमेत रहेकी निर्माता नीता ढुंगानले फेसबुकमार्फत् कलेक्सन सार्वजनिक गर्दै लेखेकी छन्, ‘हजुरहरूको माया ।’

यस फिल्मका ज्योतिषी एवम् नायक हरिहर अधिकार र नीता केन्द्रीय भूमिकामा छन् । उनीहरू दुई श्रीमान्–श्रीमती हुन् ।

फिल्ममा भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय छ ।

त्यस्तै, नेपाली कलाकारहरूमा सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल र रेखा थापालगायतको अभिनय छ ।

नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको कथा हरिहरको हो । फिल्मको लगानी ६ करोड रहेको बताइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १० : २४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले