मानव तस्करीमा उन्मुक्तिपछि एमाले नेता अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट « Khabarhub

मानव तस्करीमा उन्मुक्तिपछि एमाले नेता अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव तस्करीको आरोप लागेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त रिट दर्ता गराएका हुन् । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा बेन्चको आदेशपछि दर्ता भएको छ ।

उक्त मुद्दामा आगामी आइतबारका लागि पेशी तोकिएको छ । ‘रिट दर्ता भयो । आइतबारका लागि पेशी तोकिएको छ,’, वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी आफूसँग असम्बन्धित मान्छेलाई जापानको एक कार्यक्रममा गएको घटना बाहिरिएको थियो ।

तत्कालीन मन्त्री अधिकारीसँग जापान पुगेका तीनजनाले कोशी प्रदेश सरकार कानुन मन्त्रालयको परिचयपत्र लगेका थिए । जापानको अध्यागमन विभागले तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई डिपोर्ट गरिदिएको थियो ।

चौतर्फी आलोचना र दबाबपछि उनले मन्त्री पद छाडेका थिए । त्यसपछि एमालेले पनि निलम्बन गरेको थियो ।

गत कात्तिक २५ गते पक्राउ गरेका अधिकारीलाई सरकारी वकिलको कार्यालय काडमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पूर्वमन्त्री अधिकारी जोडिएको उक्त घटनामा ११ जनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमा मन्त्री अधिकारीलाई उन्मुक्ति दिँदा तीजना जेल चलान भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ६ : २९ बजे

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना

चुनावी रन्कोबीच महोत्तरीमा पानीको संकट

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै

इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

सिमकोट– गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको