मानव तस्करीमा उन्मुक्तिपछि एमाले नेता अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट | Khabarhub Khabarhub

मानव तस्करीमा उन्मुक्तिपछि एमाले नेता अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव तस्करीको आरोप लागेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त रिट दर्ता गराएका हुन् । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा बेन्चको आदेशपछि दर्ता भएको छ ।

उक्त मुद्दामा आगामी आइतबारका लागि पेशी तोकिएको छ । ‘रिट दर्ता भयो । आइतबारका लागि पेशी तोकिएको छ,’, वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी आफूसँग असम्बन्धित मान्छेलाई जापानको एक कार्यक्रममा गएको घटना बाहिरिएको थियो ।

तत्कालीन मन्त्री अधिकारीसँग जापान पुगेका तीनजनाले कोशी प्रदेश सरकार कानुन मन्त्रालयको परिचयपत्र लगेका थिए । जापानको अध्यागमन विभागले तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई डिपोर्ट गरिदिएको थियो ।

चौतर्फी आलोचना र दबाबपछि उनले मन्त्री पद छाडेका थिए । त्यसपछि एमालेले पनि निलम्बन गरेको थियो ।

गत कात्तिक २५ गते पक्राउ गरेका अधिकारीलाई सरकारी वकिलको कार्यालय काडमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पूर्वमन्त्री अधिकारी जोडिएको उक्त घटनामा ११ जनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमा मन्त्री अधिकारीलाई उन्मुक्ति दिँदा तीजना जेल चलान भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ६ : २९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस