सातामा १३ अङ्कले घट्यो नेप्से « Khabarhub

सातामा १३ अङ्कले घट्यो नेप्से


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मङ्सिरको तेस्रो साता (१६ देखि २० गतेसम्म) नेपालको शेयर बजार सूचक १३ अङ्कले घट्यो ।

अघिल्लो बिहीबार २७४८.०५ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा घटेर २७३४.९३ बिन्दुमा झरेको हो ।

सातामा पूरा पाँच दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पाँच कारोबार दिनमा कुल ४४ अर्ब ९१ करोड ९५ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत आठ अर्ब ९८ करोड ३९ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भयो ।

सातामा कुल आठ करोड ३४ लाख २८ हजार ८१२ कित्ता शेयर कारोबार हुँदा औषतमा एक करोड ६६ लाख ८५ हजार ७६३ कित्ता शेयर किनबेच भयो । चार लाख ५३ हजार ७८१ पटक शेयर किनबेच भयो भने दैनिक औषत ९० हजार ७५६ पटक किनबेच भयो ।

कुन दिन कस्तो रह्यो बजार ?

साताको पहिलो दिन आइतबार नै बजार ९.९९ अङ्कले बजार घट्यो । सो दिन नेप्से २७३८ बिन्दुमा झर्‍यो । बजार ०.३६ प्रतिशतले घट्दा परिसूचक उच्चतम २७६४.८५ बिन्दु र न्यूनतम २७०७.९४ बिन्दुबीच रह्यो ।

उक्त दिन आठ अर्ब ७४ करोड ९२ लाख ८९ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३६ हजार ६६८ कित्ता शेयर ८१ हजार ६४२ पटक किनबेच भएको थियो ।

आइतबार घटेको बजार सोमबार भने बढ्यो । सोमबार १९.९७ अङ्कले बजार बढ्दा नेप्से २७५८.०४ बिन्दुमा पुगेको थियो । उक्त दिन ०.७२ प्रतिशतले बजार बढ्दा परिसूचक उच्चतम २७७३.४७ बिन्दु र न्यूनतम २७४६.४७ बिन्दुमा पुग्यो ।

सो दिन बजार बढ्दा १० अर्ब ४१ करोड २१ लाख ५५ हजार रुपैयाँ बराबरको एक करोड ८५ लाख १८ हजार २६८ कित्ता शेयर एक लाख दुई हजार ४१७ पटक किनबेच भयो ।

बजारको हरियाली मङ्गलबार पनि कायमै रह्यो । मङ्गलबार नेप्से १७.८० अङ्कले बढेर २७७५.८५ बिन्दुमा पुग्दा ०.६४ प्रतिशतको वृद्धि देखियो । परिसूचक उच्चतम २७९३ बिन्दु र न्यूनतम २७५१ बिन्दुबीच रह्यो ।

मङ्गलबार बजार बढ्दा कारोबार भने घटेको थियो । उक्त दिन आठ अर्ब ४१ करोड ४९ लाख ५१ हजार रुपैयाँ बराबरको एक करोड ६३ लाख ६८ हजार ५५३ कित्ता शेयर ८७ हजार ५९९ पटक किनबेच भएको थियो ।

दुई दिन निरन्तर बढेको बजारमा बुधबार भने ब्रेक लाग्यो । बुधबार एकै दिन नेप्से २४.९७ अङ्कले घटेर परिसूचक २७५०.८७ बिन्दुमा झर्‍यो । उक्त दिन परिसूचक उच्चतम २७९५.७८ बिन्दु र न्यूनतम २७४७.६५ बिन्दुमा पुग्यो ।

बजार घटे पनि सो दिन कारोबार भने बढ्यो । बुधबार नौ अर्ब ६ करोड ३९ लाख ४८ हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख नौ हजार ५०२ कित्ता शेयर ९५ हजार ७३५ पटक किनबेच भएको थियो ।

साताको पहिलो नेप्से घटेर सुरु भएको बजार अन्तिम दिन पनि घटेरै बन्द भयो । बिहीबार नेप्से १५.९३ अङ्कले घटेर परिसूचक २७३४.९३ बिन्दुमा आयो ।

बजारमा बिहीबार उच्च अङ्कको उतारचढाव देखियो । उक्त दिन नेप्से ०.५७ प्रतिशतले घट्दा परिसूचक उच्चतम २७६४.२९ बिन्दु र न्यूनतम २७१७.३४ बिन्दुमा पुगेको थियो ।

बिहीबार बजार घटेसँगै कारोबार पनि घटेको थियो । बिहीबार आठ अर्ब २७ करोड ९२ लाख १९ हजार रुपैयाँ बराबरको एक करोड ४८ लाख ९५ हजार ८२१ कित्ता शेयर ८६ हजार ३८८ पटक किनबेच भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ५६ बजे

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका