कीर्तिपुरका महिला उद्यमीलाई कुमारी बैंकको प्रशिक्षण « Khabarhub

कीर्तिपुरका महिला उद्यमीलाई कुमारी बैंकको प्रशिक्षण


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंकले अमेरिकी अन्तरराष्ट्रिय विकास सहयोग नियोग (यूएसएड) सँगको साझेदारीमा कीतिपुरका उद्यमीलाई प्रशिक्षण दिएको छ ।

‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवम् प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकका अनुसार, महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा महिला उद्यमीलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षार्थीलाई वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको जनाएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिनेगरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

कुमारी बैंकले देशभर ३०२ शाखा, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०० बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक