बालेन्द्रले यसरी गरे हर्क साम्पाङ र धरानबासीको प्रशंसा « Khabarhub

बालेन्द्रले यसरी गरे हर्क साम्पाङ र धरानबासीको प्रशंसा


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

धरान- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ र धरानबासीहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । शाहले हर्क साम्पाङबाट सांसदहरुले सिक्न जरुरी रहेको बताएका छन् ।

धरान नगरपालिकाको वार्षिकोत्सवमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई अतिथि बनाउने प्रयास असफल भएपछि मेयर साम्पाङले बालेन्द्रलाई निम्त्याएका थिए । हर्कको निम्तो मान्न धरान पुगेका शाहले मञ्चको राम्रोसँग उपयोग गर्दै धरानेहरुको खुलेर प्रशंसा गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भने धरान नगएका कारण यो अवसरबाट चुके ।

बालेन्द्र शाहले गरेको धरानेहरुको प्रशंसा उनकै शब्दमा–

हामी सानो हुँदाखेरि नै धरान एकदमै चर्चित, एकदमै फेमस, एकदमै पपुलर सहर रहेको कुरा मलाई सम्झना छ । पहिला धरान घोपा क्याम्पका लागि एकदमै फेमस थियो २० वर्ष अगाडि । त्यो पछाडि धरान सफा बाटोघाटोका लागि एकदमै फेमस थियो । त्यो पछाडि धरानमा सरकारले पैसा दिन पर्दैन, यहीँका मान्छेले पैसा लगाएर बाटो बनाउँछन्, फुटपाथ बनाउँछन् भन्ने कुराका लागि एकदमै चर्चित थियो । आज २० वर्ष अगाडि आएर हेर्दाखेरि धरान एकदमै चर्चित छ । देशमा मात्रै नभएर विदेशमा पनि एकदमै चर्चित छ । यहाँका जनप्रतिनिधिले गर्दा । यहाँका उपमेयरसा’पले गर्दा । वडाध्यक्षज्यूहरुले गर्दा । र, तपाईहरुले गर्दा ।

तपाईहरुले श्रम संस्कृतिलाई देशमा मात्रै नभएर विदेशमा पनि चर्चित बनाउनुभएको छ । सरकारले पैसा देओस् नदेओस् म आफ्नो काम गर्छु भन्ने एकदमै ठूलो उदारहण दिनुभएको छ, यसमा तपाईहरु सबैलाई शुभकामना ।

जसरी हामीले अहिले यो पोडियममा भाषण दिइरहेका छौं, तर ऊ त्यहाँ बच्चाहरु खेलिरहेका छन्, उनीहरुलाई मतलब छैन, पोडियममा कसले बोल्दैछ, के गर्दैछ । धरान पनि यस्तै शहर हो । देशमा जसले जेसुकै गरोस्, धरानलाई मतलब छैन, आफ्नो काम गरेको छ । सरकार जोसुकैको आओस् । प्रदेश सरकार जोसुकैको आओस्, धरानलाई केही फरक पर्दैन, धरानले आफैं धरान बनाउँछ ।

अघि उपप्रमुखजीले भन्नुभो, काठमाडौं पछाडि दुई–तीनवटा कुरामा धरान पर्छ भनेर । तर, काठमाडौंभन्दा अगाडि छ दुई–तीनवटा कुरामा धरान । त्यो श्रम संस्कृति होस्, त्यो यहाँको सुशासन होस्, यहाँको अनुशासन होस् । अझै धरान त फेसनका लागि पनि एकदमै फेमस छ । धरानमा जत्तिको फेसनेबल मान्छेहरु काठमाडौंमा पाइँदैनन् । विशेषतः धरान एकदमै चर्चित ठाउँ हो ।

यो देशमा मात्रै नभएर विदेशभरि अहिले लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउन सक्नुभएको छ । त्यति टाढाबाट आफैंले स्रोत साधन जुटाएर पानी ल्याउन सफल हुनुभो, त्यो एउटा उदाहरण मात्रै हो । त्यो उदाहरणबाट सबैले सिक्नुपर्छ । ७५३ वटै पालिकाले सिक्नुपर्ने उदाहरण हो । प्रदेशले सिक्नुपर्ने, संघ सरकारले सिक्नुपर्ने उदाहरण हो ।

अचेल भनिन्छ, सांसदले केही काम गर्न सक्दैन, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ । उहाँ (हर्क)ले गर्नुभएको काममा मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । उहाँले त्यत्तिकै पनि गर्न सक्नुहुन्थ्यो । यो कुराचाहिँ सांसदहरुले सिक्न जरुरी छ ।
देशको कुन सांसदलाई हर्क साम्पाङले गरेजस्तो काम गर्न रोक्छ ? कुनै पनि पावर चाहिँदैन, कुनै पनि स्रोत चाहिँदैनरहेछ । मान्छेले ईच्छाशक्ति देखाए त सबै काम गर्न सक्दोरहेछ भन्ने कुरा उदाहरण देखाउनुभएको छ, यो कुरा सांसदहरुले सिक्न जरुरी छ उहाँबाट ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ४२ बजे

नवलपरासीको अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक

कैफियत देखिएपछि जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ– माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको

गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी– गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।