यू-१९ विश्वकप सपना « Khabarhub

यू-१९ विश्वकप सपना


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई सफलताको शुभकामना दिए।

आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडी सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा रहेको छ। नेपाल रहेको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।

त्यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया छन्। प्रत्येक समूहका शीर्ष तीन टोली अर्को चरणमा प्रवेश गर्नेछन्।

नेपालले आइसिसी एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो।

नेपालले पहिलो खेल आगामी माघ ७ गते न्युजिल्यान्डसँग खेल्ने छ। दोस्रो खेल माघ १० गते पाकिस्तानसँग तथा तेस्रो खेल माघ १३ गते अफगानिस्तानसँग खेल्नेछ। त्यसअघि नेपालले यही पुस २८ गते स्कटल्यान्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ।

क्यानले विश्वकपका लागि बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो।

नेपाली टोलीमा कप्तान खनालसहित गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दीपेशप्रसाद कँडेल, उत्तम थापा मगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन्।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ०१ बजे

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं– अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)