यो साताका २० तस्बिर « Khabarhub

यो साताका २० तस्बिर


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक साता विशेष हुन्छन् । नेपालमा पछिल्लो समय सहरमा बसोबासको आकर्षण बढे पनि सुन्दरता ग्रामीण दृष्यमा देखिन्छ । किसानका कर्म, धार्मिक र सांस्कृतिक परम्परा नेपालका आकर्षण हुन् । यो साताका तस्बिरले नेपाली समाजको प्रष्ट दृश्यलाई उजागर गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङबाट मौसम खुलेको समयमा देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल । तस्बिर : कृष्ण न्यौपाने
दाङको राप्ती गाउँपालिका-२ स्थित लालमटिया गाउँका स्थानिय महिला पशु चौपायालाई खुवाउन राप्ती नदी तरेर गढवा गाउँपालिकाको जङ्गलबाट घाँस ल्याउदै । तस्बिर : कुलदीप न्यौपान

काठमाडौँको टुँडिखेलमा आइतबार गुरुङ समुदायको चाड तमु ल्होसार मनाउन आफ्नो परम्परा झल्कने घरको स्तम्भ । तस्बिर : हरिराम भेटुवाल

यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ अघि खिचिएको तस्बिर । दक्षिण अफ्रिकामा आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडी सहभागी छन्। तस्बिरः क्यान
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४ मरूटोलमा सोमबार भक्तपुरको प्रसिद्ब नवदुर्गा नाच प्रदर्शन हुँदै । तस्बिर : रत्न श्रेष्ठ
घोराही उपमहानगरपालिका -६ गुरुवागाउँका खेतमा छरेको बर्सिम घाँस काट्दै किसान । बर्सिम घाँसले पशुपालनमा सहज भएको किसानको भनाइ छ । तस्बिर : रञ्जिता अधिकारी
कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले मंगलबार बिक्रीका लागि राखेको सुन्तला । तस्बिर : हरिराम भेटुवाल
कालिमाटी फलफुल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल । तस्बिर : हरिराम भेटुवाल
म्याग्दीको बेनी नगरपालिका-४ ठुलोखोलाका किसान आलु गोडमेल गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु कार्यक्रमअन्तर्गत ठुलोखोलाका ३६ घरधुरी कृषकले १०० रोपनी खेतमा आलु खेती गरेका छन् । तस्बिर : सन्तोष
दाङको घोराही उपमहानगरपालिका-५ स्थित नैनवारवासी थारु महिला पशु चौपायाका लागि बारीबाट घाँस काटेर ल्याउँदै । तस्बिर : कुलदीप न्यौपाने

कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरमा रहेको बालहङ्स साङ्गवेद आश्रमको मन्दिर । तस्बिर : सनिउल्ला धोबी
काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच बिहीबार पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गर्दै । देवी नाचमा भैरब, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङगीनी देवगण हुन्छ । तस्बिर : रत्न श्रेष्ठ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ११ कलुवापुरका दलित समुदायका व्यक्ति परम्परागत सीपको प्रयोग गरी बाँसका चोयाको प्रयोग गरी बनाइएको डालो बिक्री गर्दै । बाँसबेतबाट बनेका डालो तरकारी, घाँस बोक्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता- २०८० को उद्घाटन समारोहको अवसरमा सशस्त्र प्रहरी बल नेपाल एपिएफ क्लबले निकालेको व्याण्ड । तस्बिर : सुरेश आचार्य
नुवाकोटको म्यागङ गाँउपालिका-२ बुङताङका किसान गरबहादुर तामाङको बारीमा फलेको सुन्ताला । पाखोबारीमा अन्नबालीको उब्जनी राम्रो नभएपछि विकल्पमा उहाँसहित यहाँका किसानले सुरु गरेको व्यावसायिक सुन्तला खेतीबाट अहिले यस वडाका किसानले एकै सिजनमा रु एक करोड भन्दाबढीको कारोबार गर्न थालेका छन् । तस्बिर : रामहरि न्यौपाने

जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको छेउमा रहेको रामजानकी विवाहमण्डप । यहाँ त्रेता युगमा रामजानकीको विवाह भएको विश्वास गरिन्छ । तस्बिरः चन्द्रदेव साह

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा राखिएका खानेकुराको परिकार । तस्बिर : प्रदीपराज वन्त
सन् २०२३ को अन्तिम सूर्यास्त । यो भारतको उत्तरपूर्वी राज्य आसामको नागाउँ जिल्लाबाट देखिएको तस्बिर हो । यो तस्बिर ब्रह्मपुत्र नदी किनारबाट लिइएको हो । तस्बिरमा डुङ्गामा काम गर्दै गरेका माझीलाई देख्न सकिन्छ। तस्बिर : सिन्ह्वा, तस्बिरः रासस

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ०० बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई