एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न हिजोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।

उनका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी मनोनयनको समय तालिका निर्धारण गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ०१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका