सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडको टुंगो लगाउने | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडको टुंगो लगाउने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धन दलहरूको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल हुनेछ ।

नेकपा माओवादी र कांग्रेस नेकपा एमालेलाई पनि भागबण्डा गरेर लैजाने मनस्थितिमा रहे पनि एमालेले राष्ट्रियसभामा १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै गठबन्धन दलहरू निर्णायक छलफलमा जुट्न लागेका हुन् ।

राष्ट्रियसभामा एमालेबाट ९ सदस्य बाहिरिँदै छन् । यिनै ९ सदस्यमध्ये दलहरूबीच भागबण्डा हुनेछ । अन्य सिटमा जुन पार्टीको सदस्य खाली हुन लागेको हो सोही पार्टीले उम्मेदवार उठाउने गठबन्धनभित्र सहमति रहेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवार मनोनयको मिति तय गरेको छ ।

यो पनि…
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ५३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन