काठमाडौँ– सत्तारुढ गठबन्धन दलहरूको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल हुनेछ ।
नेकपा माओवादी र कांग्रेस नेकपा एमालेलाई पनि भागबण्डा गरेर लैजाने मनस्थितिमा रहे पनि एमालेले राष्ट्रियसभामा १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै गठबन्धन दलहरू निर्णायक छलफलमा जुट्न लागेका हुन् ।
राष्ट्रियसभामा एमालेबाट ९ सदस्य बाहिरिँदै छन् । यिनै ९ सदस्यमध्ये दलहरूबीच भागबण्डा हुनेछ । अन्य सिटमा जुन पार्टीको सदस्य खाली हुन लागेको हो सोही पार्टीले उम्मेदवार उठाउने गठबन्धनभित्र सहमति रहेको छ ।
राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवार मनोनयको मिति तय गरेको छ ।
यो पनि…
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने
प्रतिक्रिया