लमजुङमा सुन्तला उत्पादनमा कमी « Khabarhub

लमजुङमा सुन्तला उत्पादनमा कमी


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो । 

बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा ६ सयभन्दा बढी सुन्तलाको बोट लगाएकी छन् । उनले एक दशकअघि बर्सेनि छ लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी थिइन् । तर, पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ । यस वर्ष मुस्किलले ८० हजारसम्म आम्दानी गरेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु दुई करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए ।

६/७ वर्षयता १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए । विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् । 

कृषि ज्ञान केन्द्रका  सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा जिल्लामा १३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा १२५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट ५२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भए पनि उत्पादन १२५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए ।

२०७८-७९ मा १८० हेक्टर क्षेत्रफलमा एक हजार २४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७-७८ मा २१३ हेक्टर क्षेत्रफलमा एक हजार ४२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : ३० बजे

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता

गाईघाट – महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की