माघीका अवसरमा खिचरा महोत्सव « Khabarhub

माघीका अवसरमा खिचरा महोत्सव


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । 

थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको हो । 

माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ । 

महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० कक्ष रहनेछन् । 

महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घसंस्थाका कक्ष रहनेछन् । 

महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान समावेश गरिने उनले बताए । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ५३ बजे

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने