एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल  « Khabarhub

एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल 


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा पार्टीले राष्ट्रियसभामा पाउनुपर्ने सिटका विषयमा छलफल गर्ने छ । नेकपा समाजवादीले ४ सिट आफूले पाउनुपर्ने माग राखिरहेको छ । तर गठबन्धनलाई भाग गर्दा उसले ३ सिट मात्र पाउने बताइएको छ । आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिटका बारेमा नेताहरूको धारणा सुन्ने र निर्णय लिने बताइएको छ । 

राष्ट्रियसभा निर्वाचन माग ११ गते हुने भएको छ । जसमा १९ सिटका लागि निर्वाचन हुने छ । गठबन्धन दल भर्सेस एमाले निर्वाचनमा होमिने भएका छन् । यसको सिट भने बाँडफाँड भएको छैन । 

यसैबीच बेलुका ४ बजे चार दल र साँझ ५ बजे गठबन्धनमा सहकार्य गरिरहेका ७ दलबीच राष्ट्रियसभा निर्वाचन सिट विभाजनको बारेमा छलफल हुने छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : ०१ बजे

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका