गठबन्धनको बैठक : राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल  « Khabarhub

गठबन्धनको बैठक : राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल 


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्न र सिट बाँडफाँड गर्न बैठक सुरु भएको हो । 

शनिबार बिहान पनि चार दलबीच बैठक बसेको थियो । अहिले सुरुमा चार दलले बैठक सुरु गरेका थिए  । पछि अन्य दलहरू थपिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मुख्य निर्णायक भूमिकामा छन् ।

यसबाहेक सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पनि छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : ०८ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको