सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख दिने | Khabarhub Khabarhub

सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख दिने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ। 

हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ। नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको थियो।

 स्थानीयले गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै शव उठाउन नदिएर आन्दोलन गरिरहेका छन्। साहको शव घटनास्थलमै रहेको छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : २० बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं- काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको