नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित | Khabarhub Khabarhub

नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज भएको दोश्रो साधारणसभाले दीपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।

निर्वाचित हुनेहरूमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स-सचिवमा डोरमणि ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्ण गौतम, कोसीका हमाल, इन्द्र नारायण सिलवाल, चन्द्रमणि क्षेत्री, विशाल बस्नेत, सविना कार्की, इन्द्रदेव यादव, सूर्यनारायण साह, बैकुण्ठ देवकोटा र श्याम राउत निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।

निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिति लक्ष्मी महतो कोइरीले हृदयरोग निवारण महोत्तरी प्रतिष्ठानलाई थप अगाडि बढाउन मुख्य प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एक वर्षभित्र आफ्नै भवन बनाउन मदत गर्ने बताउँदै महोत्तरी क्षेत्र.१ का संघीय संसद् समेत रहेका कोइरीले बजेटबाट नभएतापनि निजी सहयोग गर्ने बताए

कार्यक्रममा प्रदेशसभा सदस्य शारदादेवी थापा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मधेश प्रदेशका संयोजक मथुराम यादव लगायतको उपस्थिति रहेको थियो । अहिले महोत्तरी प्रतिष्ठानमा १७६ सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ३१ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ