नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित « Khabarhub

नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज भएको दोश्रो साधारणसभाले दीपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।

निर्वाचित हुनेहरूमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स-सचिवमा डोरमणि ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्ण गौतम, कोसीका हमाल, इन्द्र नारायण सिलवाल, चन्द्रमणि क्षेत्री, विशाल बस्नेत, सविना कार्की, इन्द्रदेव यादव, सूर्यनारायण साह, बैकुण्ठ देवकोटा र श्याम राउत निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।

निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिति लक्ष्मी महतो कोइरीले हृदयरोग निवारण महोत्तरी प्रतिष्ठानलाई थप अगाडि बढाउन मुख्य प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एक वर्षभित्र आफ्नै भवन बनाउन मदत गर्ने बताउँदै महोत्तरी क्षेत्र.१ का संघीय संसद् समेत रहेका कोइरीले बजेटबाट नभएतापनि निजी सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य शारदादेवी थापा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मधेश प्रदेशका संयोजक मथुराम यादव लगायतको उपस्थिति रहेको थियो । अहिले महोत्तरी प्रतिष्ठानमा १७६ सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ३१ बजे

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय