राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने « Khabarhub

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने भएको छ ।

शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनमा मिलेर अगाडी बढ्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ्ले आइतबार गठबन्धनका नेतासँग छलफल गर्ने छन् । खबरहबसँग उनले भने, ‘कार्यबाहक अध्यक्षले एक पटक बसेर छलफल गर्ने हाम्रो निर्णय भएको छ ।’

स्रोतले दिएको जानकारी अनुसार गठबन्धनसँग सहमतिको प्रयास गर्ने, सहमति नभए आफ्नै उम्मेदवार खडा गर्ने राप्रपाको तयारी छ । तर राप्रपालाई समेट्न गठबन्धन तयार नरहेको बुझिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।

यो पनि…

राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ४० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली