राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने « Khabarhub

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने भएको छ ।

शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनमा मिलेर अगाडी बढ्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ्ले आइतबार गठबन्धनका नेतासँग छलफल गर्ने छन् । खबरहबसँग उनले भने, ‘कार्यबाहक अध्यक्षले एक पटक बसेर छलफल गर्ने हाम्रो निर्णय भएको छ ।’

स्रोतले दिएको जानकारी अनुसार गठबन्धनसँग सहमतिको प्रयास गर्ने, सहमति नभए आफ्नै उम्मेदवार खडा गर्ने राप्रपाको तयारी छ । तर राप्रपालाई समेट्न गठबन्धन तयार नरहेको बुझिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।

यो पनि…

राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ४० बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले