बालुवाटारमा गठबन्धनका ४ दलको बैठक जारी : लोसपा र राजमोलाई सिट दिन कांग्रेस तयार भएन « Khabarhub

बालुवाटारमा गठबन्धनका ४ दलको बैठक जारी : लोसपा र राजमोलाई सिट दिन कांग्रेस तयार भएन


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभामा सिट बाँडफाँटको विषय टुङ्ग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बसिरहेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

बैठकमा कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय जनमोर्चालाई सिट दिन तयार नभएको बुझिएको छ । त्यसअघि बालुवाटारमा नै बसेको गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकिएको थियो ।

पछिल्लो समय गठबन्धनमा रहेका साना दल राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले पनि १-१ सिट दाबी गरिरहेका छन् । बैठकमा आफ्नो दाबी प्रस्तुत गरेर राजमोका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोसपाका महन्थ ठाकुर बाहिरिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमतलाई सिट दिन गठबन्धनका सबै दल तयार छन् । यद्यपि जनमोर्चा र लोसपालाई सिट दिन अन्य दल सकारात्मक देखिएपनि कांग्रेस र जसपा तयार देखिएका छैनन् ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ४५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने