समाजवादी खस संघको अध्यक्षमा थापा « Khabarhub

समाजवादी खस संघको अध्यक्षमा थापा


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट भ्रातृसंगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमनारायण थापाको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिलवाल, उपाध्यक्षहरुमा हरिकला चौंलागाई, दिलु खड्का, दुर्गा सुवेदी, खेमराज खड्का, मधुकर न्यौपाने, रामबहादुर जाग्री रहेका छन् ।

भेलाबाट संगठननको महासचिवमा केबी अधिकारी चयन भएका छन् भने उपमहासचिवमा भीमजंग शाह, सचिव निरजबहादुर बिसी र कोषाध्यक्षमा जया थापा भण्डारी चयन भएका छन् ।नवगठित समितिको घोषणा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले गरको थिए ।

पार्टीका राजनीतिक समिति सदस्य दीपक कार्कीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममको सञ्चालन पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्ग लगायत नेताहरु उपस्थित रहेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : २४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने