प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल « Khabarhub

प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कास्की – स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो । स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ रोजेको स्याङ्जाले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।

खेलमा जितका लागि दुई सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की ४० ओभरको तेस्रो बलमा जम्मा एक सय ४५ रन बनाएर अलआउट भयो । स्याङ्जाका अङ्कित न्यौपाने र आश्विन रानाले तीन÷तीन तथा सन्दीप खत्री क्षेत्रीले एक विकेट लिए ।

स्याङ्जाका ईश्वर क्षेत्रीले सर्वाधिक ५५ र मीलन क्षेत्रीले ३६ रनको योगदान दिए। कास्कीका कप्तान विपीन खत्री तीन तथा नितेश गिरी र आदित्य थापाले समान दुई÷दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ घोषित स्याङ्जाकाका आश्विन रानालाई पर्वत जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रेशमबहादुर केसीले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको समूह ‘ए’ मा का खेल सम्पन्न हुँदा कास्कीले दुई अङ्क जोड्न सफल भयो । बाग्लुङले भने कुनै पनि अङ्क जोड्न सकेन । प्रतियोगिता अन्तर्गत आइतबारदेखी समूह ‘बी’का खेल सुरु हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएयो । सूमह ‘बी’को विजेताले फाइनलमा स्याङ्जासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २५ गते सञ्चालन हुनेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा आगामी पुस २८ गतेदेखि राजधानी काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २८ गते लुम्बिनी प्रदेशसँग खेल्ने खेल तालिका रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : ५० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ